जब महानगरकै ट्रकमा ह्वीलचेयर चढ्यो...

काठमाडौँ- बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भयो । जसमा काठमाडौँ महानगर नगर प्रहरीले शारीरिक रुपमा अशक्ति व्यक्तिलाई ट्रकमा ह्वीलचेयरसहित सेतो रंगको ट्रकमा राखिएको थियो । साथमा नगर प्रहरी दुई जना देखिएका छन् ।
तर, वास्तविकता सामाजिक सञ्जालमा भाइरल भएको फोटो जस्तो छैन । उनी सडकमा चुरोट तथा गुट्खालगायतका बस्तु बिक्री गरिरहेका थिए । नगरप्रहरीले वरिपरि फोहोर भएकाले सार्वजनिक स्थानमा फोहोर गर्न नपाइनेसमेत बताएका छन् ।
दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेकाले प्रहरीले मानव सेवा आश्रममा लैजानका गाडीमा राखेको थियो ।
उनीमाथि कुनै पनि प्रकारको बल प्रयोग नगर प्रहरीले जनाएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सडकमा भएका सहयोगापेक्षीहरूलाई उद्धार गरेर हामीले मानव सेवा आश्रममा बसोबास प्रबन्ध गरिरहेको बताए । उनले भने,’ स्वास्थ्योपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउने काम गरिरहेका छौँ । ‘
कार्कीलाई आश्रम केन्द्रमा लैजान महानगर प्रहरी बलको गाडीमा राखिएको पाण्डेले जानकारी दिए । ‘यस विषयलाई मानवीयतासँग जोडेर प्रचार भएको देखियो । यस्तो प्रचार गलत हो,’ उनले थपे,’ हामी मानवीयताको सहर बनाउने अभियानअन्तर्गत सडक सहयोगापेक्षीहरुको व्यवस्थापन गरिरहेका छौँ । कार्कीलाई गाडीमा राख्नुको कारण यही कार्यक्रमको निरन्तरता हो ।’
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रचार गरिएका व्यक्तिलाई आश्रम लैजान लाग्दा नमानेपछि हिजो साँझ बहिनी र भाञ्जाका जिम्मामा छाडिएको छ । आश्रममा जान नमान्ने उनी आज पनि चुरोट, गुट्खालगायत बस्तु विक्री गर्न सडकमै निस्किएका छन् । नगर प्रहरीले उनलाई आश्रममा जानका लागि सम्झाइ बुझाइ गरिरहेको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_6OMgJZkijH_sy2y1ho85xvycum4orld4s0gwboqo0q6bbyzrziroa9lauhvpzqpiuay6o6b.jpg)
प्रतिक्रिया