इन्टर मिलान ११ वर्षपछि लिग च्याम्पियन

काठमाडौँ : इन्टर मिलान इटालियन सिरी ए च्याम्पियन बनेको छ । आइतबार साँझ दोस्रो स्थानको एटलान्टाले सासाुओलोसँग १-१ बराबरी खेलेपछि इन्टरले ११ वर्षपछि सिरी ए उपाधि जितेको हो ।
इटालीमा सन् २०१० यता प्रत्येक सिजन युभेन्टस च्याम्पियन बन्दै आएको थियो । यस सिजन युभेन्टसकै पूर्व प्रशिक्षक रहेका एन्टोनियो कोन्टेले इन्टरलाई लिग विजेता बनाए ।
गत सिजन पनि इन्टर उपाधि नजिक पुगेको थियो । तर युभेन्टस लगातार ९औँ पटक च्याम्पियन बन्दा इन्टर दोस्रो स्थानमा खुम्चिएको थियो । यस सिजन भने इन्टरलाई कुनै पनि टिमले कडा टक्कर दिन सकेनन् ।
इन्टरले यसअअघि सन् २०१० मा सिरी ए जितेको थियो । जोसे मौउरिन्होको नेतृत्वमा इन्टर इटाली र युरोपकै च्याम्पियन बनेको थियो । त्यसको एक दशकपछि इन्टर फेरि इटालियन फुटबलको शीर्ष स्थानमा फर्किएको छ । त्यो पनि इटालियन प्रशिक्षककै नेतृत्वमा । कोन्टेले यसअघि युभेन्टसलाई पनि च्याम्पियन बनाएका थिए । त्यो पनि तीन पटक ।
युभेन्टसलाई सन् २०११ देखि २०१४ सम्म लगातार इटालियन च्याम्पियन बनाएका कोन्टे त्यसपछि इंगल्यान्ड हानिए । जहाँ उनले पहिलो सिजनै चेल्सीलाई इंग्लिस प्रिमियर लिग जिताए ।
‘इन्टरको जिम्मेवारी सम्हाल्ने निर्णय लिन सजिलो थिएन । किनभने इन्टरसँग लिग जित्नका लागि पर्याप्त खेलाडी थिएनन् । अनि वर्षौसम्म इटालियन फुटबलमाथि कब्जा जमाएको युभेन्टसविरुद्ध उत्रनु पनि सजिलो थिएन । यद्यपि मेहेनतले हामी आजको अवस्थामा आइपुगेका छौँ,’ लिग च्यामिपयन बनेपछि कोन्टेको प्रतिक्रिया थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया