घुमौँ भर्चुअल ग्यालरी

काठमाडौं : अहिले सहरका ग्यालरीहरू बन्द छन् । थुप्रै चित्रकारका नयाँ चित्र एकै ठाउँमा हेर्न नपाएर दुःखी हुनुहुन्छ भने चिन्ता नगर्नुहोस् । अब तपाईंले घर बसेरै ग्यालरीको सयर गर्न पाउनुहुनेछ । देश तथा विदेशका नयाँ चित्र तपाईंले आफ्नो मोबाइल, कम्प्युटर अथवा ल्यापटपमै हेर्न सक्नुहुनेछ ।
शनिवारीय कला कार्यशालाले ‘बोर्डरलेस कनेक्सन’ नामक भर्चुअल प्रदर्शनी सुरु गरेको छ । २२ कार्तिकमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छा कुमार कर्माचार्य(केके कर्माचार्य)ले प्रदर्शनीको उद्घाटन गरेका थिए ।
चित्र हेर्न यसो गर्नुहोस्
अनलाइनमा ग्यालरी भ्रमण गर्न सुरुमा तपाईंले ‘डब्लुडब्लुडब्लु डट अनलाइन ग्यालरी नेपाल डट कम’ मा जानुहोस् । यहाँ पुगेपछि तपाईंले ‘बोर्डरलेस कनेक्सन’ नामक ठूलो व्यानर देख्नुहुनेछ । त्यो व्यानरको दाहिने पट्टी पाँच टाइटल देख्नुहुनेछ । ति पाँच मध्ये ‘३६० डिग्री’ लेखिएकोमा क्लीक गर्नुहोस् । त्यसपछि तपाईं अनलाइन ग्यालरीको ढोकामा पुग्नुहुनेछ । त्यहाँबाट तपाईं विस्तारै भित्र छिर्नुहोस् । ढोकाबाट छिर्ने वित्तिकै तपाईंले ब्यानर देख्नुहुनेछ । ब्यानरको देब्रेतिर जानुहोस् र त्यहाँबाट चित्रहरू सुरु हुन्छ । ग्यालरीमा २७ चित्रकारका २७ सिर्जना छन् । हरेक चित्र क्लीक गर्दा तपाईले त्यस चित्रबारे सबै जानकारी पाउन सक्नुहुनेछ ।
कोभिड-१९ ले जुराएको अनलाइन प्रदर्शनी
कोभिड-१९ महामारीको मार ललितकला क्षेत्रमा पनि व्यापक परेको छ । कलाकारहरू पनि घरमै बस्न बाध्य भए । स्टुडियो बाहिर गएर कला सिर्जना सहज नभएको अवस्थामा कलाकारहरूले घरको छत, आँगन, बारी र खुल्ला स्थानमा बसेर २४ असोजमा अनलाइन कार्यशाला गरे । त्यस कार्यशालामा सिर्जित चित्रकलाको भर्चुअल माध्यमबाट प्रदर्शनी थालिएको कार्यक्रमका संयोजक दिवेश मान सिंह प्रधानले बताए ।
‘शनिवारीय स्थलगत कला कार्यशालाले कलाकारलाई जागरुक गराउँदै कलाको अध्ययनपश्चात् यसै सेलाएर बसेका कलामा रमाउन चाहने र व्यवसायिक कलाकारहरूलाई गोलवद्ध गरी देशव्यापी रुपमा आफ्नो अभियानलाई अगाडि बढाउँदै लगेको छ,’ उनी भन्छन्, ‘कलाकारले एकले अर्को र एक देशकाले अर्को देशका कलाकारबीच भाइचाराको सम्बन्ध बिस्तार गरी आफ्नो सांस्कृतिक पुरात्तात्विक धरोहरलाई ‘भिजुअल डकुमेन्टेसन’ गरी संरक्षणको कदममा एक पाइला अघि बढाएका छन् ।’
प्रदर्शनीमा श्रीजन राजभण्डारी, दीपा राई, धीरज प्रधान, किरण गुरुङ, हर्क मंगर, दिवाकर लामिछाने, विक सुब्बा, सागर सुब्बा, राकेश चन्द्र श्रेष्ठ, दिपेन्द्र मान बनेपाली, दिवेश प्रधान, केशव राज खनाल, देवेन्द्र थुम्केली, राधेश्याम कर्माचार्य, सूर्यराम सुवाल, पूर्यराम मटांग, विक्रम प्रजापति, झलक केसी, नरबहादुर बिक, हरिकृष्ण प्रजापति, प्रविण श्रेष्ठ, रुविन बाडे, जजुभाइ श्रेष्ठ वासन, शैलेश गुरुङ, डीना श्रेष्ठ, अनिता प्रधान र तथागत चित्रकारका चित्रहरू छन् ।
दुई वर्षभन्दा लामो समयदेखि नेपालमा सञ्चालित शनिवारीय कला कार्यशाला स्वतः स्फूर्त रूपमा कलाकारको समूहले प्रत्येक हप्ता विभिन्न ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदामा गइ स्थलगत चित्रकला चित्रण गर्दै आएका छन् । ३ जनाबाट सुरु भएको यो अभियान यहाँसम्म आइपुग्दा देश विदेशका कलाकारहरूको सहभागिता भइरहेको छ । हरेक हप्ता ‘स्याटर्डे प्लेन एयर वर्कशप’को व्यानरमा कलाकारहरूले यो अभियानमा जोडिएर काम गरिरहेका थिए ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया