दिवंगत श्रीमतीको फोटो बोकेको मान्छे कन्सर्टमा देखेपछि रोइन् एडेल

लसएन्जल्स - आफ्ना गीतले दर्शक रुवाउन माहिर मानिन्छिन् गायिका एडेल । तर १५ पटककी ग्रामी विजेता एडेललाई हालसालै भने आफ्ना आँशु रोक्न कठिन भयो । कन्सर्टमा गीत सुन्न आएका फ्यानको समर्पणले एडेललाई द्रवित बनायो । गाउन छाडेर एडेल केही बेर रोइन् र फेरि गाउन सुरु गरिन् ।
गत हप्ता एडेल लसभेगासमा आयोजना भएको कन्सर्टमा आफ्नो चर्चित गीत ‘ह्वेन वी वेर योङ’ गाइरहेकी थिइन् । गीता गाउँदा गाउँदै उनी भिडको बीचमा गइन् । तर यहाँ उनले एउटा दृश्य देखिन् जसले उनलाई भावुक बनायो । यो दृश्य देखेर स्टेजमा फर्कँदा एडेलले गाउन सकिनन् । उनले गाउन छाडेर कन्सर्टमा एउटा व्यक्तिलाई सम्बोधन गर्दै धन्यवाद दिएपछि बल्ल उनी रुनुको कारण खुल्यो । भएको के रहेछ भने एडेलका एक जना फ्यान आफ्नो दिवंगत श्रीमतीको फोटो देखाउँदै गीत सुनिरहेका रहेछन् । एडेल यही दृश्य देखेर रुन बाध्य भएकी रहिछन् ।
‘म साँझमा थोरै मान्छेसँग मात्र कुरा गर्छु । तर कहिलेकाहीँ मान्छेको जीवनमा के भइरहेको छ भन्ने महसुस गर्छु,’एडेलले भावुक हुँदै भनिन्, ‘त्यहाँ एक जना हुनुहुन्छ जो फोनमा फोटो देखाएर बसिरहनु भएको छ । मलाई लाग्छ त्यो उहाँको श्रीमती हो र सायद उहाँ यहाँ हुनुहुन्न । यो कुराले मलाई साँच्चिकै दुःखी बनायो ।’ यसपछि उनले त्यो फ्यानलाई सम्बोधन गर्दै भनिन्, ‘म तपाईँको क्षतिप्रति दुःखी छु । म माफी चाहान्छु मैले तपाईँले देखाउन खोजिरहेको कुरा देखिन ।’ एडेल १० महिनापछि पहिलोपल्ट कन्सर्टमा देखिएकी थिइन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया