कोरियामा एक नेपालीले भेटेको १३ लाख प्रहरीलाई बुझाए

सउल : दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका-७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए ।
इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो । रकममध्ये रु १० लाख एक हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए । उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो इमान्दारी देखाएका हुन् ।
सन् २००९ मा पहिलोपटक दक्षिण कोरियामा इ-९ भिसा लिई कामदारका रूपमा प्रवेश गरेका श्रेष्ठ हाल भिसा परिवर्तन गरी एफ-२ रेसिडेन्सी भिसाअन्तर्गत कोरियामा बसोबास गरिरहेका छन् ।
उनी इन्छन् होगुफोस्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वयंसेवक भई दोभाषेका रूपमा काम गर्छन् । रकम भेट्टाएर प्रहरीलाई बुझाउन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया उनले दिए । अझ जसको पैसा हो, उसैले पाइदिए झन् खुशी लाग्ने उनले बताए ।
कोरियामा बाटोमा पैसालगायत अन्य बहुमूल्य सामान भेटेमा त्यत्तिकै छाड्ने वा प्रहरीलाई बुझाउने गर्नुपर्छ । यदि प्रहरीलाई नुबुझाई आफैँले लगेमा चोरी गरेबराबर सजाय हुनसक्ने व्यवस्था छ । रासस

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर…

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

प्रवासी नेपालीको आवाज सशक्त रूपमा उठाउँदै सन्तोष कुँवर,मिसन सहित लागे एनआरए…

जापानमा नेपाल पभिलियन भोलि देखि खुला हुँदै

प्रतिक्रिया