यी हुन् इन्टर मिलानलाई च्याम्पियन बनाउन निर्णायक भूमिका खेलेका खेलाडीहरू

काठमाडौँ : आइतबार इटालियन फुटबलले नयाँ च्याम्पियन पायो । एन्टोनियो कोन्टेको नेतृत्वमा इन्टर मिलानले सिरी ए उपाधि उचाल्दा शीर्ष स्थान र दोस्रो स्थानको क्लबबीचको दूरी १३ अंकको छ । ११ पछि इटालियन च्याम्पियन बनेको इन्टरका लागि यो १९ औँ सिरी ए उपाधि हो । अनि ११ वर्षयता पहिलो लिग उपाधि ।
इन्टर लिग च्याम्पियन बन्दा समग्र टिमले नै सन्तुलित प्रदर्शन गरेको छ । तर केही खेलाडी भने निर्णयक बने । जसका बारेमा यस आलेखमा चर्चा गरिएको छ :
रोमेलु लुकाकु/लाउटारो मार्टिनेज
रोमलु लुकाकु दुई वर्ष म्यानचेस्टर युनाइटेडमा रही सन् २०१९ मा इन्टर मिलान पुगे । उनलाई अनुबन्ध गर्न इन्टरले ८० मिलियन यूरो स्थान्तरण रकम तिर्यो । त्यसो त लुकाकुलाई एन्टोनियो कोन्टे आफू चेल्सीमै छँदा अनुबन्ध गर्न चाहन्थे । तर लुकाकुको चेल्सी स्थान्तरण कारणवस सफल हुन सकेन । यी दुईको भेट अन्ततः इटालियन फुटबल राजधानी मिलानमा भयो ।
लुकाकु इन्टरसँग जोडिन पनि उनै कोन्टेको भूमिका महत्वपूर्ण रह्यो । लुकाकुले कोन्टेलाई निरास बनाएनन् । इन्टर लिग च्याम्पियन बन्दा २७ वर्षीय लुकाकुले २१ गोल गरेका छन् । लुकाकुबाहेक लाउटारो मार्टिनेजको भूमिका पनि उल्लेख्य रहेको छ । अर्जेन्टिनाका २३ वर्षिय मार्टिनेजले इन्टरलाई लिग विजेता बनाउन १५ गोल गरेका छन् ।
कोन्टेले उस्तै प्रकृतीका दुई स्ट्राइकरलाई कसरी सँगै खेलाउलान् भन्ने कौतुहुलता थियो । बीचबीचमा दुईमध्ये एकले क्लब छाड्ने हल्ला पनि नचलेको होइन । तर कोन्टेले दुबै स्ट्राइकरलाई उपयोग गरे ।
निकोलो बरेला
निकोलो बरेला इटालियन क्लब काग्लियारीका उत्पादन हुन् । आफ्नै सहरको क्लब काग्लियारी छाडेर बरेला गत सिजन इन्टर आए । पहिलो सिजनमा उनको प्रदर्शन सन्तोषजनक रहेन । यस पटक भने २४ वर्षिय मिडफिल्डर बरेला इन्टरको ‘क्रिएटिभ फोर्स’ बने । उनले यस सिजन सिरी ए मा तीन गोल गर्नुका साथै सात एस्सिट दर्ता गरेका छन् ।
विशेषगरी बरेला र ‘राइट विङ ब्याक’ अचरफ हाकिमीबीचको साझेदारी इन्टरका लागि महत्वपूर्ण सावित भएको छ । ‘कोन्टेको प्रशिक्षणमा खेल्दा म आत्मविश्वासी भएको छु । इन्टरमा प्रतिभाशाली खेलाडीहरू छन् । उनीहरूसँगको संगतले मलाई फाइदा भएको छ,’ बरेलाले भनेका छन् ।
अचरफ हाकिमी
अचरफ हाकिमी रियल म्याड्रिड एकेडेमीका उत्पादन हुन् । रियलको सिनियर टिममा मौका नपाएपछि उनी जर्मनी पुगे । जहाँ उनले बोरुसिया डर्टमन्डका लागि दुई सिजन खेले । डर्टमन्डसँगको ऋण सम्झौँता सकिएपछि उनी रियल फर्किए । फेरि पनि रियलमा मौका नपाउने देखिएपछि २२ वर्षिय हाकिमीले यसपटक इन्टर रोजे ।
इन्टरले हाकिमीलाई अनुबन्ध गर्न करिब ४० मिलियन यूरो खर्च गर्यो । मोरोक्कोका २२ वर्षिय फुलब्याक तिब्र गतिमा खेल्छन् । कोन्टेले प्राय तीन ‘सेन्ट्रल हाफ’ खेलाउने भएकाले हाकिमीको भूमिका ‘विङ ब्याक’ को हो । उनी पराम्पारिक विङ्गर जसरी नै खेल्छन् । त्यसकै नतिजा हो उनले सिरी ए मा यस सिजन दर्ता गरेको सात गोल र सात एस्सिट ।
क्रिस्टियन एरिक्सन
सिरी ए मा सुरुवाती केही महिना एसी मिलानको दबदबा रह्यो । त्यसबखत इन्टरले आफ्नो प्रदर्शनमा एकरुपता देखाउन सकिरहेको थिएन । ठिक त्यसैबेला क्रिस्टियन एरिक्सन पनि इन्टरको टिममा संर्घषरत देखिए । टोटनहमबाट यसै सिजन इन्टर आएका एरिक्सन कोन्टेको प्रमुख रोजाइको मिडफिल्डर बन्न समय लाग्यो । सुरुका करिब २० लिग खेलमा एरिक्सन बेन्च खेलाडीमा सीमित रहे । तर पछिल्ला १४ खेलमा भने उनको भूमिका फेरियो । ती खेलका लागि घोषित प्रत्येक पहिलो एघारमा एरिक्सनको उपस्थिती छ ।
आफू र कोन्टेबीच साझेदारी विकास हुन समय लागेको स्वीकार गर्छन डेनिस प्लेमेकर । ‘हामीबीच अन्डरस्ट्यान्डिङ केही ढिलो गरी मात्रै विकास भयो । यद्यपि म खुशी छु । टिमले लिग जित्दा मेरो भूमिका सन्तोषजनक छ जस्तो लाग्छ,’ एरिक्सन भन्छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया