पानी नपरेपछि किसान चिन्तित

रसुवा- दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ ।
समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव भएको हो ।
सिँचाइ अभावका कारण यस वर्षको हिउँदे खेतीबालीको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान किसानले गरेका छन् ।
'मङ्सिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपरेकाले गहुँको बोट भुइँ झारको जस्तै तलै छन् । यसले उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ,' स्थानीय किसान याकबहादुर लिम्बूले भने । हिउँदेबालीको उत्पादनमा कमी आउने देखिएपछि खाद्यान्नको सङ्कट हुने उनको भनाइ छ ।
यहाँको वृदिम, खैदी, थुमन, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, स्याफ्रु, धुञ्चे, राम्चे, यार्सालगायतका स्थान बढी प्रभावित भएका छन् । यी क्षेत्रमा सिँचाइ नभएको र हिमपातको चिसोमा निर्भर हुनुपर्ने भएकाले पनि किसान बढी चिन्तित भएका हुन् ।
दक्षिणी भेगको डाँडागाउँ, ठूलोगाउँ, लहरेपौवा, भोर्ले, धैबुङ, सरमथलीलगायतका स्थानमा भने सिँचाइ व्यवस्था भएको जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले बताए ।

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

प्रतिक्रिया