कैलाली र कञ्चनपुरमा थप ६ जना कोभिड–१९ संक्रमितको मृत्यु

धनगढी : कैलाली र कञ्चनपुरमा थप ६ जना कोभिड–१९को मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ का ३८ वर्षीय पुरुष र वडा नम्वर १० की ३५ वर्षीया महिलाको मृत्यु भएकोहो । ३८ वर्षीय पुरुषको सोमबार बिहान साढे १ बजे मृत्यु भएको हो । ३५ बर्षीया महिलाको बिहान साढे ४ बजे सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।
यस्तै धनगढी–२ का ४३ वर्षीय संक्रमित पुरुषको प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–७ का ६२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १३ र १९ का दुई जना संक्रमितको मृत्यु भएको छ । बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमै बसेकी एक महिलाको आइतबार राति मृत्यु भएको । यस्तै भीमदत्त नगरपालिका १९ का ३७ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार राति अस्पताल ल्याइएको थियो । उनको राति करिब साढे तीन बजे मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले जानकारी दिए ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया