मलेसियाद्वारा नेपाली कामदारलाई आफ्नै देशको कामदारसरह सेवा सुविधा दिने प्रतिबद्धता

काठमाडौँ- मलेसिया सरकारले नेपाली कामदारलाई आफ्नै देशको कामदार अनुसार सेवा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।
नेपाल भ्रमणमा रहेका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच शुक्रबार काठमाडौँमा भएको छलफलका क्रममा नेपाली कामदारहरूलाई मलेसियाको स्थानीय कामदारसरह सेवा सुविधा दिने प्रतिबद्धता जनाएको हो ।
मलेसियामा नेपाली कामदार पठाउँदा सीपयुक्त बनाएर पठाउने जिम्मेवारी आफूहरूको रहेको र सेवा सुविधामा कुनै कमी हुन नदिने मलेसियाको प्रतिबद्धता रहेको मन्त्री अर्यालले जानकारी दिए ।
बैठकमा श्रम सम्झौता नवीकरण गर्न मलेसियाको प्रस्ताव रहेको र आवश्यक सुधार गरी नवीकरण गर्ने कुरा भएको मन्त्री अर्यालले बताए ।
त्यस्तै मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसियामा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको बताए । मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको र यसले नेपाली कामदारलाई फाइदा हुने उनले जानकारी दिए ।
मलेसियन सरकारले कामदार सहज भर्ना प्रक्रिया र पुनः क्यालिब्रेसन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

असोजमा ५३ हजार बढी नेपाली विदेशिए
जापानले भवन सरसरफाइ तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

प्रतिक्रिया