आमिरले बनाउने फिल्मको हिरो सलमान खान

मुम्बई - करिब २९ वर्ष अघि सन् १९९४ मा रिलिज फिल्म ‘अन्दाज अपना अपना’मा आमिर खान र सलमान खानको कमेडी जुगलबन्दीलाई दर्शकले निकै रुचाएका थिए । उनीहरुको अभिनय, कमेडी, कमिक टाइमिङ उत्कृष्ट थियो । अब यो जोडी पुनः दर्शकमाझ आउने भएको छ ।
आमिरले निर्माण गर्न लागेको फिल्म ‘च्याम्पियन्स’मा सलमान प्रमुख भूमिकामा देखिँदैछन् । आमिरले अभिनय नगर्ने यो फिल्म स्पेनिस फिल्मको हिन्दी रिमेक हो । यसअघि आमिरले हलिउड फिल्म ‘द फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’ बनाए पनि बक्सअफिसमा यो फिल्म असफल भइसकेको छ ।
आमिर ‘लाल सिंह चड्डा’ पछि ‘च्याम्पियन’ बनाउने तयारीमा थिए । तर बक्सअफिसमा ‘लाल सिंह चड्डा’ फ्लप भएपछि आमिरले अभिनयबाट नै ब्रेक लिए । आमिर अब अभिनय भन्दा पनि निर्माणबाट भाग्य चम्काउन चाहन्छन् । त्यहीकारण सलमानलाई लिएर उनले ‘च्याम्पियन’ बनाउन लागेका हुन् ।
आमिर खान प्रोडक्सनको व्यानरमा बन्ने फिल्ममा आरएस प्रसन्नाको निर्देशन रहनेछ । फिल्मका लागि आमिरले सलमानसँग प्रारम्भिक छलफल गरिसकेका छन् । आमिरले आरएससँग मिलेर ६ महिनाअघिदेखि स्क्रिप्टको काम गरिरहेका छन् । ‘लार्जर देन लाइफ ड्रामा’ शैलीमा बन्ने फिल्मका लागि सलमान नै उपयुक्त हुनेमा आमिर ढुक्क छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया