नेतृत्वको कमजोरीका कारण कांग्रेस प्रतिपक्षमा बस्न बाध्य : केसी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका छन् ।
न्यूज लाइन्स नेपालको सातौं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता केसीले पार्टी नेतृत्वले सही निर्णय दिन नसक्दा पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका हुन् । नेता केसीले कांग्रेसलाई अहिले सरकारमा जान कुनै हतारो नभएको पनि जिकिर गरे ।
उनले मुलुकमा देखिएका विभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा कांग्रेसको जोड रहेको धारणा राखे । सभामुख, प्रधानमन्त्री विभिन्न पार्टीको भइसकेको अवस्थामा राष्ट्रपति कांग्रेसले पाउँदा बृहत् शक्तिसन्तुलन हुने उनले दाबी गरे । उनले गृह मन्त्रालयका विषयमा शक्ति र सत्तामा झगडा सुरु भइरहेको जिकिर गरे ।
केसीले गठबन्धनभित्र स्वतन्त्र पार्टीलाई नै गृह मन्त्रालय दिने सहमति भएको हो भने रास्वपाका अन्य सांसदहरूलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिए ।ठूला-ठूला आदर्शका कुरा गरेर आएकाहर"ले सत्ताका लागि झगडा गर्न नसुहाउने उनले बताए ।
नेता केसीले देश भ्रष्टाचारको महामारीले असफलतातिर गएको पनि उल्लेख गरे । देशको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया