फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ हुने

काठमाडौं- फागुन ९ गते मंगलबार काठमाडौंको दशरथ रंगशालामा सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट २०२३’ हुने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो । कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिने छन् । आयोजक आइ लाइभ नेपालले ‘नेभरल्याण्ड कन्सर्ट’ गीत, संगीत मन पराउनेहरूका लागि एक अनौठो महसुस गर्ने ठाउँ बनोस् भन्ने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै आइ लाइभ नेपालका प्रवक्ता रविन्द्र कार्कीले कार्यक्रमले नेपालको गीत संगीतलाई माथि लैजान सहयोग पुग्ने र नेपालमा सांगीतिक पर्यटनको विकासमा पनि सहयोग पुर्याउने अपेक्षा राखेको बताए । नेभरल्याण्ड कन्सर्ट नेपाली समाजमा नयाँ र प्रभावकारी हुनेमा विश्वस्त रहेको पनि बताए । ‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ ।
रोड टु नेभरल्याण्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरीमा नेपाली गायक नविन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीमा सिक्किमका र्यापर युएण्डबी क्लव प्लाटिनममा प्रस्तुत हुनेछ । ग्ल्याबो ल्होसारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्याण्ड कन्सर्ट’ को सुरक्षाका लागि ३०० बाउन्सर खटिने प्रवक्ता कार्कीले बताए । ५ सयदेखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिने उनले बताए ।
नेभरल्याण्ड कन्सर्टका लागि स्टेज तथा म्युजिक सिस्टम भारतबाट मगाइएको प्रवक्ता कार्कीले बताए ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया