प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन अध्यक्ष ओलीको आग्रह

झापा- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताएका छन् ।
आज झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले स्वदेशमै रोजगारी प्राप्त गर्नसक्ने शिक्षामा जोड दिए । 'स्नातकोत्तर तहको प्रमाणपत्र सिरानमा राखेर केही उपलब्धि हुँदैन,' उनले भने, 'अब हरेक शिक्षालयले सीपयुक्त शिक्षामा आधारित जनशक्ति उत्पादन गर्नुपर्छ । यसका लागि राज्यले वातावरण बनाउनुपर्छ ।'
सो अवसरमा प्राचार्य ठाकुरप्रसाद भट्टराईले बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनियर, अटो मोबाइल, रेफ्रिजेरेटर एण्ड इयर कण्डिशन तथा मेकानिकल विषय पढाउनका लागि सिटिइभिटीबाट स्वीकृित प्राप्त भइसकेको जानकारी दिए । हरेक विषयमा ४८ जनाको कोटा रहेको उक्त शिक्षालयले हरेक वर्ष एक सय ९२ विषयगत प्राविधिक जनशक्ति उत्पादन गर्ने उनले बताए ।
रु चार करोड ६४ लाखमा निर्माण सम्झौता भएको उक्त भवन काठमाडौँको जेभी भाईवा निर्माण कम्पनीले बनाउन ठेक्का लिएको छ । अठार कोठे तीन तले भवन यही आगामी २०८० असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया