लमजुङमा फागुन ११ गतेदेखि १४ औँ पटक हात्तीपाइलेविरुद्धको औषधी खुवाइने

काठमाडौँ- लमजुङमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइलेविरुद्धको आम औषधी खुवाइने भएको छ ।
लमजुङका वासिन्दालाई १४ औं पटक औषधी खुवाइने भएको हो ।
हात्तीपाइले रोग निवारण हुन नसकेका जिल्लामा औषधी खुवाउने कार्यक्रम अन्तर्गत यसको तयारीका लागि स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय योजना तर्जुमा गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । लमजुङको धमिलिकुवा र चक्रतीर्थमा गत मंसिरमा गरिएको हात्तीपाइले रोगको सर्वेक्षणमा प्रकोपदर १ प्रतिशतभन्दा कम देखिएको छ ।
निवारणका लागि फागुनमा औषधी खुवाइने र त्यसपछि ६ महिनामा पुनः परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । ६ महिनामा प्रकोपदर १ प्रतिशत भन्दा बढी देखिए अर्को वर्ष पनि औषधी खुवाइने र कम देखिए २ वर्षपछि परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_pAv5ikF1tN_wx5wc2eqjsrhtiwdadfrj94ljhivbnw2ihifqpsbbzznpl7pexespt4v6szr.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया