विद्युत प्राधिकरण दार्चुलाका कर्मचारीको सतबाँजमा मृत्यु

दार्चुला : श्वास प्रश्वासमा समस्यामा आएपछि उपचारको लागि धनगढी लगिएका पुरुषको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका कर्मचारीको शनिवार राती धनगढी लग्दै गर्दा सतबाँजमा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन सिंह महराले बताए ।
उनले भने, 'शनिवार श्वास प्रश्वासमा अत्याधिक समस्या देखिएपछि उनलाई महाकाली नगरपालिको एम्बुलेन्सबाट धनगढी लगिएको भएपनि बाटैमा मृत्यु भएको हो ।'
उनमा कोरोनासँग मिल्दाजुल्दा लक्षण रहेकाले कोरोना भएको हुन सक्ने आशंका गरिएकामा अहिले उनको स्वाव संकलन गरि पीसीआर परीक्षणका लागि बैतडी प्रयोगशाला पठाइएको पनि महाकाली नगरपालिकाले जनाएको छ ।

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

महाकालीको माछा बेचेर जीविका चलाउँदै

प्रतिक्रिया