शेक्सपियरको नाटक 'टुभेल्थ नाइट' काठमाडौँमा मञ्चन

काठमाडौँ- प्रसिद्ध साहित्यकार विलियम शेक्सपियरद्वारा लिखित नाटक 'टुभेल्थ नाइट' काठमाडौँमा मञ्चन गरिएको छ। करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतीमा थापा गाउँस्थित पाठशाला स्कुलको थियटरमा प्रस्तुत गरिएको हो।
नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले मञ्चन गरेका हुन्। अंग्रेजी र नेपाली दुवै भाषामा संवादको समीश्रण नाटकमा छ। नाटकको केही अंशको नेपालीकरण पनि नाट्यनिर्देशक भट्टराईले नै गरेकी हुन्।
असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन्। ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन्। काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसंगलाई देखाइएको छ।
शेक्सपियरले १६ औ शताब्दीमा यो नाटक लेखेका हुन्। यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो। निर्देशकको मिहिनेत र कलाकारको प्रस्तुतीलाई दर्शकले रुचि राखेकाले शनिबार पनि एक शो देखाइएको आयोजकले जनाएको छ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया