नेपाली भाषीलाई 'विदेशी' भनेको भन्दै सिक्किममा चर्कियो आन्दोलन
जब छोगयालले हामीलाई विदेशी भनेनन्, तिमी को हौ र विदेशी भन्छौ ?

सिक्किम- सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेको छ ।
भारतीय सर्वोच्च अदालतले नेपाल भाषीलाई ‘विदेशी’भनेको भन्दै सो आदेश त्रुटी सच्चाउन माग गर्दै विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घण्टे हड्ताल आह्वानसमेत गरेको छ ।
जब छोगयालले हामीलाई विदेशी भनेनन्, तिमी को हौ र विदेशी भन्छौ ? भन्दै प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् ।
निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन रहेको छ । अदालतको सो आदेशविरुद्ध चाम्लिङ आफैँ धर्नामा सहभागी भएका थिए । शनिबारदेखि भएको धर्ना आज पनि जारी रहनेछ ।

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घ…

प्रतिक्रिया