छोरीको सल्लाहमा फिल्ममा जोडिन्छन् अमिताभ

मुम्बइ- बलिउडका महानायक अमिताभ बच्चन आफ्नो परिवारलाई बढी मान सम्मान दिन्छन् । उनी प्राय आफ्नो श्रीमति, छोरी र बुहारीका बारेमा सामाजिक सञ्जालमा लेख्छन् र कुरा गर्छन् । अमिताभ उनकी छोरी श्वेतासँग बढी नजिक छन् । उनी श्वेतासँग व्यक्तिगतमात्र होइन, व्यावसायिक जीवनका हरेक कुरा सल्लाह गर्छन् ।
अमिताभ सन् २०१८ मा आफ्नो छोरीको पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी थिए । उनले त्यहाँ कुनै पनि फिल्ममा जोडिनुअघि छोरीसँग सल्लाह लिने गरेको खुलासा गरेका थिए । अमिताभ छोरीले जे भन्छिन्, त्यसलाई सत्य मान्छन् । अमिताभको बुझाईमा श्वेताको निरीक्षण शक्ति ठूलो छ । यतीमात्र होइन, घरका जोकोही परिवारका सदस्य उनको कुरा काट्दैनन् ।
अमिताभकी छोरी श्वेताको घर होस् या व्यापार या कुनै पनि व्यावसायिक विषयमा आफ्नो राय राख्छिन् । अमिताभका अनुसार उनकी छोरी एक कुशल कलाकार पनि हुन् । विशेषत उनमा मिमिक्रीको कला छ । अमिताभ आफ्नी छोरीले कुनै पनि फिल्म हिट वा फ्लप हुने घोषणा गर्दा त्यो पुग्ने दाबी गर्छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया