भारतमा २० हजारभन्दा धेरै नेपाली संक्रमित, ७१ को मृत्यु

काठमाडौँ : भारतमा २० हजार भन्दा धेरै नेपाली संक्रमित भएका छन् । गैर आवासीय नेपाली संघले संकलन गरिरहेको तथ्यांक अनुसार भारतमा कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएयता ७१ जना नेपालीको मृत्यु भएको हो । त्यहाँ १७ हजार नेपालीहरू संक्रमित भएर पनि संक्रमणमुक्त भैसकेका छन् ।
गत साता साउदीमा पनि एक जना नेपालीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । गैर आवासीय नेपाली संघले अद्यावधिक गरेको तथ्यांक अनुसार विश्वभर २१ मुलुकमा अहिलेसम्म तीन सय ८२ जना नेपालीको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ नेपालीमा कोरोना भाइरस संक्रमण भएको छ भने ८२ हजार एक सय ९७ जना संक्रमण मुक्त भएका छन् । यो साता भारतका अतिरिक्त मलेसिया, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई) तथा साउदी अरबका नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
नेपालमा अहिलेसम्म तीन लाख ३६ हजार तीस जना संक्रमित भएका छन् भने ४८ हजार सात सय ११ सक्रिय संक्रमित रहेका छन् । दुई लाख ८३ हजार ९ सय ९४ नेपाली कोभिड–१९ संक्रमित भएर मुक्त भैसकेका छन् । त्यस्तै, तीन हजार तीन सय २५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया