एल्भिसको गीत गाउँदा जस्टिनको गला खराब

लसएन्जल्स - केही समयअघि सम्पन्न गोल्डेन ग्लोब अवार्डमा ‘एल्भिस’ फिल्मका लागि जस्टिन बटलरले कमेडी तथा म्युजिक विधातर्फ उत्कृष्ट अभिनेताको अवार्ड जिते । अवार्ड ग्रहण गरेपछि धन्यवाद भन्ने क्रममा उनले ठ्याक्कै एल्भिस प्रिस्लेको शैलीमा बोले । यो देखेपछि जस्टिन सामाजिक सञ्जालमा ट्रोल हुने क्रम जारी छ ।
धेरैले जस्टिनले एल्भिसको जस्तो बोलेर नाटक गरेको भन्दै उनको आलोचना पनि गरेका थिए । तर सबैको प्रतिक्रिया सुनिरहेका जस्टिनले आफूले नाटक नगरेको नभई फिल्मको सुटिङका लागि गीत गाउने क्रममा आफ्नो भोकल कर्ड नै परिवर्तन भएको खुलासा गरेका छन् ।
एल्भिसले गीतमा र वास्तविक जीवनमा पनि टेनेसी उच्चारण गर्ने गरेका थिए । जस्टिनले पनि फिल्ममा सोही शैलीमा संवाददेखि गीत गाउनेसम्म गरेका छन् । तर यो गर्ने क्रममा आफ्नो भोकल कर्ड नै परिवर्तन भएको उनको जवाफ छ ।
‘म यसबाट छुटकारा पाउन खोजिरहेको छु । यस्तो किन हुन गयो भने एउटै गीतका लागि ४० टेकसम्म दिनुपरेको थियो,’उनले भनेका छन् ।
एल्भिस प्रिस्लेको जीवनीमा बनेको फिल्म ओस्कारमा पनि ८ विधामा मनोनयनमा परेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया