ओलीले खरको छानो हटाइ टिनको छानो लगाउने अभियान आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सिमित गरेः मेटमणि चौधरी

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले खरको छानो हटाइ टिनको छानो लगाउने अभियान अधिकारको प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा मात्रै सिमित गरेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीको सरकार हुँदा २० हजार खरको छानो बिस्थापित गरेको भएपनि ती सबै बिस्थापित कार्यक्रमहरु झापा जिल्लाको ओलीकै निर्वाचन क्षेत्रमा मात्रै रहेको बताए । उनले जहिल्यै ठूला कुरा गरेर मात्रै देशको विकास नहुने बताए । अपहरणपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सजाय दिन नसकेको भन्दै मान्छेलाई भुलाउने प्रयास नगर्न आग्रह गरे ।
उनले भने, ‘उहाँले बडो ठूलो आवाजमा बोल्नुभएको छ, जनता आवास कार्यक्रममार्फत जनतालाई खरको छाना मुक्त गरेर टिनको छानो लगाउने कुरा गर्नुभएको थियो, म स्मरण गराउन चाहन्छु, त्यसबेला करिव २० हजार घरमा खरको छानो बिस्थापित गरेका थियौँ । तर त्यो बेला २० हजार घर सबै झापा जिल्ला र उहाँकै निर्वाचन क्षेत्रमा मात्रै लागेको थियो । जग्गा लालपुर्जाको कुरा गरेका थियौँ, तीन दशकको अवधिमा कति जनालाई प्रदान गरका छौँ, एक जनालाई छ भने भन्नुप¥यो । १३ वर्षे बालिकालाई बलात्कार गर्ने मान्छेलाई कारबाही गर्न सकेनौँ, ठूला कुरा गरेर हुन्छ । आइन्दा यस्ता ठूला बेतुक, बेकारका कुरा, मान्छेलाई भुलाउने कुरा नगर्दा राम्रो हुन्छ ।’
सांसद चौधरीले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै जान सुझाव दिए ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया