आमिर खानको ७ वर्ष पुरानो रेकर्ड तोडे शाहरुखले

मुम्बई - शाहरुख खानको नयाँ फिल्म ‘पठान’ले आमिर खानले ७ वर्ष पहिले बनाएको रेकर्ड तोडेको छ । ७ वर्षअघि रिलिज भएको आमिर खानको ‘दंगल’ले ३ सय ८७ करोड कमाउँदै हिन्दी भाषामा बनेकोमध्ये सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको थियो । शाहरुखको ‘पठान’ले रिलिजको ११ दिनमै ४ सय करोड पार गर्दै ‘दंगल’को रेकर्ड उछिनेको हो । योसँगै ‘पठान’ सर्वाधिक कमाउने फिल्म बनेको छ ।
फिल्मले शनिबारसम्म विश्वभरबाट ७ सय २९ करोड कमाइ गरेको छ । यसअघि यो आँकडा ‘दंगल’बाहेक ‘बाहुबली २’ र ‘केजीएफ २’ले पनि पार गरेका छन् । ‘बाहुबली २’ र ‘केजीएफ २’ले ४ सय करोड १८ दिन र २३ दिनमा यो आँकडा छोएका थिए ।
४ वर्षपछि पर्दामा फर्किएका शाहरुखको पुनरागमनलाई दर्शकलाई सेलिब्रेट गरेका छन् । कथा उति बलियो नभए पनि फिल्मको ‘प्याकेजिङ’ लाई दर्शकले रुचाएका छन् । फिल्ममा शाहरुखबाहेक दीपिका पादुकोन र जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया