आँचल र पूजासँग नमिलेको कुरा केकीसँग मिल्यो, ‘जय हो’मा केकी फाइनल

काठमाडौँ - हिरोइनको खोजीमा रहेका शोभित बस्नेतको खोज केकी अधिकारीमा गएर टुंगिएको छ । बस्नेतले आइतबार केकीसँग सम्झौता गरेको तस्बिर राख्दै फिल्ममा केकीलाई अनुबन्ध गरेको जनाएका हुन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर केकीलाई अनुबन्ध गरेको बताएका हुन् । बस्नेतले आइतबार जन्मदिन मनाइरहेका छन् ।
टेकपौरखी राईले निर्देशन गर्ने फिल्मका लागि निर्माता शोभित बस्नेतले केकी अघि आँचल शर्मा र पूजा शर्मालाई पनि फिल्म अनुबन्ध गर्न चाहेका थिए । आँचलले ‘वर एन्ड वधु’को कारण देखाउँदै फिल्म गर्न नसक्ने जानकारी गराएकी थिइन् भने पूजाले पनि अनमोल केसीसँगको फिल्ममा फोकस गर्ने भन्दै फिल्म गर्न इन्कार गरेकी थिइन् ।
पूजा शोभितको निकतम् सम्बन्ध भएकी अभिनेत्री हुन् । पूजाले निर्माण गर्ने फिल्मको शोभितले कुनै भूमिकामा नै नहुँदा पनि प्रचार प्रसारमा सहभागी हुने गरेका छन् । फिल्ममा सलोन बस्नेत र अर्पण थापाको पनि अभिनय रहनेछ । फिल्मको संगीत शम्भुजीत बास्कोटाले तयार गरिरहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया