किसानबाट उत्पादित वस्तुको उचित मूल्य लागू गर्न माग

काठमाडौँ - किसान संघर्ष समितिले किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य लागू गर्न माग गरेका छन् । संघर्ष समितिले आज किसानलाई परेका समस्या तत्काल समाधान गर्न माग गर्दै काठमाडौँको बाफलमा प्रदर्शन गरेको हो ।
समितिले वास्तविक किसानको पहिचान गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था लागू गर्नुपर्ने, किसानबाट उत्पादित वस्तुलाई बजारको सुनिश्चित गर्नुपर्ने, मल, बीउ बिजन उचित व्यवस्था गर्नुपर्ने, कृषिलाई यन्त्रीकरण गर्नुपर्ने, उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न माग गरिएको संघर्ष समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए ।
यस्तै, समितिले साना किसानको ऋण मिनाहा गर्नुपर्ने, पशुपन्छी आहारको अनुदानको व्यवस्था गर्नुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने, विना धितो ऋणको व्यवस्था गर्नुपर्ने, प्रत्येक वडामा चिस्यान केन्द्रको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका छन् ।
अध्यक्ष लामिछानेले सरकारले किसानको मागलाई सम्बोधन गर्न कुनै चासो नदेखाएकाले आन्दोलन गर्न बाध्य हुनुपरेको बताए । उनले किसानले उत्पादन गरेका वस्तुले बजार नपाउँदा भुइँमै फाल्नुपर्ने व्यवस्थाको अन्त्यका लागि सरकारले विशेष कदम चाल्न आग्रहसमेत गरे ।

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

प्रतिक्रिया