कोभिड-१९ संक्रमणबाट १६ वर्षीय युवाको मृत्यु

बुटवल : कोभिड १९ को संक्रमणबाट रुपन्देहीमा १६ वर्षीय युवाको मृत्यु भएको छ । संक्रमणका कारण दिर्घ रोगी, जेष्ठ नागरिकहरू वढि प्रभावित भइरहेको वेला १६ वर्षीय युवाको पनि ज्यान गएको हो ।
यति कम उमेरको संक्रमित मृत्यु भएको लुम्बिनी प्रदेशमा पहिलो घटना भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ निवासी उनको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । ज्वरो आएपछि मेडिकलमा पुगेका उनलाई टाइफाइटको आशंकामा औषधी दिइएको थियो ।
औषधी खाएर घरमै बसेका युवालाई वढि समस्या भएपछि दुई दिनअघि मात्र भैरहवास्थित मेडिकल कलेज पुर्याइएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा शुक्रबार मात्रै रिर्पोट पोजेटिभ आएको थियो । त्यसको एकदिन पछि शनिबार उनको मृत्यु भयो । लक्षण देखिएका विरामीहरू परिक्षण गर्नुको सट्टा लक्षण अनुसारको औषधी खाएर घरमै वस्ने गरिएको छ ।
कोरोना परिक्षण नगरि वस्दा संक्रमणले निकै गालेपछि अस्पताल पु¥याउदा विरामीको मृत्यु हुने अवस्था आएको चिकित्सकहरूले नै बताएका छन् । संक्रमण भएपछि उनमा निमोनियासमेत देखिएको चिकित्सकहरूले बताएका छन् ।
अन्य कुनै दिर्घरोगहरू भने नभएको आफन्तले जनाएका छन् । केहि दिन अघि अर्घाखाचीका ३३ वर्षीय युवाको पनि बुटवलस्थित कोभिड-१९ अस्पतालममा ज्यान गएको थियो । शनिबार राति तिलोत्तमाकै ५७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया