निर्माताको लगानीमा वितरकको मनोमानी, नयाँ वर्षलाई ५ फिल्म

काठमाडौं- निर्माताको अज्ञानताको फाइदा उठाउँदै वितरकले निर्माता डुबाउने खेल पुरानै हो । वितरकका सपनामा फस्ने निर्माताहरू अन्तिम समयमा फिल्म वितरकलाई सुम्पन्छन् र हलमा चमत्कार हुने अपेक्षा गर्छन् । तर नसोचेका दर्शक हल आउने चमत्कार कहिल्यै हुँदैन् । फिल्म हलबाट उत्रेपछि भने निर्माताको घैँटोमा घाम लाग्छ तर त्यतिन्जेलसम्ममा पैसा स्वाहा भइसकेको हुन्छ । आउँदो नयाँ वर्षमा यस्तै दृश्य देख्न पाइने सम्भावना बढेर गएको छ । आउँदो नयाँ वर्षमा दर्शकका लागि भन्दै निर्माताले ५ वटा फिल्म रिलिज गर्ने घोषणा गरेका छन् । यो क्रमको कान्छो सदस्य बनेको छ, ‘बुलाकी’ ।
दुई चोटि प्रदर्शन मिति सार्दै फागुन १९ लाई प्रदर्शन गर्न ठिक्क परेको सुरक्षा पन्त अभीनित यो फिल्म सरेर वैशाख १ मा आइपुगेको छ । फागुन १९ मा रिलिज हुने ‘छक्का पञ्जा ४’ र ‘छड्के २’बाट भागेको यो फिल्म थप ४ वटा फिल्मसँग जुध्न आइपुगेको छ । नयाँ वर्षका लागि दयाहाङ राई अभीनित ‘बिहे पास’ र ‘जारी’ यो मितिमा आउँदैछन् भने ‘प्रसाद २’ले पनि नयाँ वर्षकै दिन आउने घोषणा गरेको छ । योभन्दा पहिला ‘नाइँ नभन्नू ल ६’ले पनि यही मितिमा प्रदर्शन हुने घोषणा गरिसकेको छ ।
दयाहाङ राईले आफू अभीनित ‘बिहे पास’ र ‘जारी’लाई एकै मितिमा ल्याउन निर्मातालाई अनुमति दिइसकेको खबर छ । नत्र एउटै हिरोको दुइटा फिल्म एउटै मितिमा आउने कल्पना गर्न सकिन्न । दयाहाङले दुवै फिल्मका निर्मातालाई बेग्लाबेग्लै मितिमा आउन मनाउन नसकेपछि ‘हुन्छ’ भनेको स्रोत बताउँछ ।
बाँकी तीन फिल्ममा ‘प्रसाद २’को काम धमाधम भइरहेको छ तर आर्थिक संकटमा बारम्बार फस्दै आएको यो फिल्म त्यो मितिमा आउने नआउने टुंगो छैन । यस्तै ‘नाइँ नभन्नू ल ६’को पनि केही दिनको सुटिङ बाँकी रहेको छ । हलको अहिलेको क्षमताअनुसार दुइटा फिल्मसम्म मज्जाले एउटै मितिमा चल्नसक्ने वितरक तथा प्रदर्शक बताउँछन् । तर विगतका दिनमा यसरी जुधेका फिल्ममा अपवादबाहेक दर्शक आउने गरेका छैनन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया