रिद्धि सिद्धि सिमेन्टको आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न

मकवानपुर - रिद्धि सिद्धि सिमेन्ट लिमिटेडको आयोजनामा गत एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिद्धि सिद्धि सिमेन्टको आयोजनामा मकवानपुरमा राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र वडा नं ४ को समन्वयमा तथा सहयोगमा आयोजित कलेज अफ मेडिकल साईन्ससको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए ।
रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका सिईओ गुणबहादुर खनालको प्रमुख आतिथ्यतामा संचालित शिविरमा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा नेउपाने, समाजसेवी सम्राट तुम्वाहाम्फे, राक्सिराङ्ग गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत देव चन्द्र गर्तौलालगायतले आतिथ्यता गरेका थिए । कार्यक्रममा जनरल फिजिसियन, बाल रोग, महिला रोग , हाड जोर्नि तथा नशा रोग, छाला रोगको परीक्षण तथा औषधि वितरणसमेत गरिएको थियो ।
रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका खानी प्रमुख गणेश कुमार सिह , प्रशासन् प्रमुख अच्युत पराजुली, सप्लाई चेन प्रमुख गुरु प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_YHeKGKdmv6_xegm6kwzoo5i8basqsai90nhxfh9ksfef3dupnysfrrav2d0zgzzhkwub8kn.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया