‘अगस्त्य’मा थपिए नाजिर र मलिका

काठमाडौंँ - सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द अनब्रेकेबल ः अगस्त्य’ का लागि अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण टिमले यी कलाकारसँग सम्झौता गरेको हो । निर्माण युनिटले फिल्मको पोष्टर सार्वजनिक गर्दै कलाकारमा भित्रिएको जनाकारी दिएका छन् ।
दुई च्याप्टरमा निर्माण हुने फिल्मका लागि केही अगाडि अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए । सौगात, नाजिर र मलिकाको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ । यी तीनै जना कलाकारले पहिलो पटक एक अर्कासँग काम गर्न लागेका हुन् । तर, मलिका फिल्ममा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन । फिल्ममा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन् ।
फिल्मको कथा निर्देशक स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । फिल्मको छायांकन राजेश श्रेष्ठ हुन् ।
फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ । चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । आगामी वैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया