सरकारले अध्यादेश ल्याउन जानीजानी संसद् अधिवेशन अन्त्य गर्न मिल्दैन : नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् ।
कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने तर्क समेत गरे । तर, विगतका सरकारहरूले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष थियो । सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे ।
उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटकपटक दोहोर्याए । संसद्लाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने उनले औंल्याए ।
उपाध्यक्ष नेम्वाङले संविधानमा त्रुटी देखाएर गल्ती आफूले गर्ने काम सरकारले नगर्न नमिल्ने पनि बताए । भारतीय संविधान निर्माता अम्बेडकरको भनाइ उद्धृत गर्दै उनले गल्ती, कमीकमजोरीहरू आफूमा राखेर संविधानमा त्रुटी देखाउने काम सरकारले गर्न नहुने बताए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया