सत्तारूढ गठबन्धन टिकाई राख्न जरुरी छ : उपमहासचिव ज्ञवाली

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सत्तारूढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन् ।
राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्योललाई हटाएर अघि बढ्न पनि सत्तारूढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क थियो । रफ्त सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारूढ दलहरू दृढतापूर्वक उभिनुपर्ने पनि बताए ।
उनले कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरूमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकिर समेत गरे ।
उपमहासचिव ज्ञवालीले कांग्रेसमा सत्ताबाट हट्नु परेको छटपटी सुरु भएको आरोप समेत लगाए । उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया