सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य हुँदैन : डा. कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा न्यायालयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप तथा दिएको धम्कीप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने, 'स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन् । यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य हुँदैन ।'
कांग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा कोइरालाले आउने उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा कांग्रेसले जसरी पनि जित्नुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह भएको उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया