झापाकी ६५ वर्षीय संक्रमित महिलाको मृत्यु

काठमाडौं : झापाकी ६५ वर्षीय कोरोना भाइरस संक्रमित महिलाको सुनसरीको धरानस्थित विपी कोभिड अस्पतालमा मृत्यु भएको छ । दमक नगरपालिका ५ की महिलाको सोमबार बिहान साढे सात बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतकलाई १४ गते कोरोना पुष्टि भएपछि सोही दिन कोभिड उपचार केन्द्रमा भर्ना भएकी थिइन् । उनलाई दीर्घ रोग रहेको अस्पतालका सहप्रवक्ता चुडामणी पोख्रेललले जानकारी दिए । यो सँगै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या एक सय २९ पुगेको छ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया