कर्णालीमा ट्राफिक सूचनाका लागि टोल फ्रि नम्बर

सुर्खेत- कर्णालीमा ट्राफिक नियमसँग सम्बन्धित विषयहरू जानकारी लिन टोल फ्रि नम्बर सुरु गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशले प्रदेशका १० वटा जिल्लामा उक्त नम्बरकाे सुरुवात गरेको छ । प्रदेशभर एउटै नम्बरबाट ट्राफिक प्रहरीसँग सूचना लिन/दिनका लागि टोल फ्रि नम्बर सुचारु गरिएको हो ।
ट्राफिक टोल फ्रि नम्बर एक सय तीन सुचारु गरिएको छ । यो नम्बरबाट सर्वसाधारणहरूले ट्राफिक सम्बन्धी सूचना, सडक अवरुद्ध, ट्राफिक जाम, वैकल्पिक रुट प्रयोगको सूचना लगायतका ट्राफिक अपडेट सम्बन्धी जानकारी लिन सक्ने छन् ।
त्यसैगरी तत्कालीन घटना तथा दुर्घटना र समस्याहरूका बारेमा जानकारी दिने समेत कार्य गर्नका लागि उक्त टोल फ्रि नम्बरको प्रयोग गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।
यस्ता घटनाहरूको जानकारी लिन र दिनका लागि आफ्नो आवश्यकता अनुसार टोल फ्रि नम्बर प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।
सुरक्षित आवागमन एवं ट्राफिक व्यवस्थापनका लागि प्रयोगमा टोल फ्रि नम्बर चौविस घण्टा निःशुल्क रूपमा खुला रहने कार्यालयका प्रमुख (एसपी) प्रज्वल महर्जनले जानकारी दिए । टोल फ्रि नम्बरले सर्वसाधारणहरूलाई ट्राफिक सूचनादेखि दुर्घटनाका बारेमा सूचना लिने/दिने कार्य हुनुका साथै सबै पहुँच ट्राफिकसँग सिधा हुने महर्जनले बताए ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया