कर्णाली सरकारले फागुन १ गते बिदा दिने

सुर्खेत- कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशमा फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यस्तै बैठकले चालु आर्थिक वर्षको असार मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरबन्दीका निर्क्यौल भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले गर्ने निर्णय भएको छ ।
यस्तै प्रदेशमा कार्यरत प्रदेश सचिवहरूले साबिकको कार्य जिम्मेवारी अनुसार कार्यक्षेत्रमा कामकाज गर्ने र एक अर्काको अनुपस्थितिमा एकले अर्काको कार्यसम्पादन गर्ने निर्णय भएको छ ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया