आइपीएल: कोलकाताका दुई खेलाडीमा कोभिड-१९ संक्रमण, बेंगलोरसँगको खेल स्थगित

काठमाडौँ: इन्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबीचको खेल स्थगित भएको छ । कोलाताको टिम क्याम्पमा रहेका दुई खेलाडी कोभिड–१९ को संक्रमणमा परेपछि सोमबार अहमदाबादमा हुने खेल स्थगन गरिएको हो । आइपीएल नै स्थगन हुनुपर्ने माग उठिरहेको बेला खेलाडी संक्रमणमा परेको खबर आएको हो ।
भारतीय समाचार एजेन्सी एएनआइका अनुसार कोलकातामा वरुण चक्रवर्थी र सन्दिप वारियरलाई कोभिड–१९ पोजिटिभ देखिएको हो । आइपीएल सुरुहुनु भन्दा पहिलो कोलकाताकै नितिश रैना पनि कोभिड–१९ संक्रमणमा परेका थिए । तर हाल उनी संक्रमणबाट मुक्त भइसकेका छन् ।
कोभिड–१९ को दोस्रो लहरका कारण पूरै भारतभर संक्रमणमा पर्नेको संख्या व्यापक मात्रामा बढिरहेको छ । कयौँ विदेशी खेलाडीहरुले आइपीएल छाडेका छन् । एडम जाम्पा, केन रिचार्डसन, आन्द्रे टाय र लियाम लिभिङस्टोनले असुरक्षित महसुस गर्दै यसपटकको आइपीएल छाडिसकेका छन् । उता भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) ले आइपीएल सुरक्षित तवरले आयोजना भइरहेको दाबी गरिरहेको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया