कोभिड संक्रमितकाे उपचारमा खटिने स्वास्थ्यकर्मीलाई थप ५० प्रतिशत जोखिम भत्ता
काठमाडौँ : सरकारले जोखिम मोलेर कोभिड संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खाइपाइ आएको तलबको ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेको छ ।
आज सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र स्वास्थ्य बीमाको व्यवस्था सरकारले गर्ने बताएका हुन् । उनले स्वास्थ्य जनशक्ति परिपूर्ति गर्न अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा भर्ना गरेर जनताको सेवामा लगाइने बताए ।
ओलीले ओलीले ठूला अस्पतालमा तत्काल अक्सिजन प्लान्ट स्थापना गरिने पनि बताए । त्यस्तै सरकारले उद्योग तथा कलकारखानामा अक्सिजनको आपूर्ति बन्द गरेको पनि बताए ।

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

प्रतिक्रिया