युएसएआइडीद्वारा विद्यालय भवन हस्तान्तरण

भक्तपुर- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावरले मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेकी छन् । विद्यालयमा आज आयोजित कार्यक्रममा उनले सो भवन हस्तान्तरण गरेकी हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका–२ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठका अनुसार युएसएआइडीको रु २२ करोड सहयोगबाट उक्त भवन निर्माण गरिएको हो । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त भवन पुनःनिर्माण गर्न र स्थानीय समुदायसँग साझेदारी कार्यक्रममार्फत विद्यालयलाई सहयोग गरिएको हो ।
प्रमुख पावरले शिक्षा र सामाजिक क्षेत्रमा थप सहयोग गर्नेबारे चासो लिएको अध्यक्ष श्रेष्ठले बताए । सो अवसरमा पावरले विद्यालयका छात्राहरूसँग बास्केटबलसमेत खेलेकी थिइन् । विद्यार्थीसँग अन्तरक्रिया गर्दै उनले उनीहरूको भविष्यका योजना र लक्ष्यबारेका विचार सुनेकी थिइन् ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया