गोर्खा भर्तीसम्बन्धी रिट खारेज

काठमाडौँ - सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले आज उक्त रिट निवेदन खोरज गरेको हो । अदालतको पूर्णपाठ भने तयारी गर्न बाँकी छ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्घका तर्फबाट पदमसुन्दर लिम्बू र उत्तमप्रसाद राईले गोर्खा भर्तीसम्बन्धी सन्धिको खारेज गर्न माग गर्दै २०७४ जेठ २६ गते रिट निवेदन दायर गरेका थिए ।
नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा त्रिपक्षीय सन्धि भएको थियो । यसअन्तर्गत अहिले भारत र बेलायतका गोर्खा रेजिमेन्टमा नेपाली युवा भर्ती हुँदै आएका छन् । नेपाल सरकार, भारत सरकार र बेलायत सरकारसँग गोर्खा भर्ती नेपालीको हितमा नरहेको, असमान र विभेदकारी रहेको उल्लेख गर्दै उक्त सन्धि खारेजीको माग निवेदनमा थियो ।
रासस

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया