क्यान्सर जितेका न्यौपाने कोभिडसँग हारे

धनगढी : कोभिड-१९ को संक्रमणका कारण नेपाली कांग्रेसका नेता लक्ष्यबहादुर न्यौपाने (लक्ष्मण) को मृत्यु भएको छ । नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार राती करिब ९ बजे ६५ वर्षीय न्यौपानेको मृत्यु भएको हो । कैलालीको भजनी नगरपालिका-८ गोलचउरा निवासी न्यौपाने कांग्रेसका महासमिति सदस्य हुन् ।
गत कार्तिक २१ गते सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा थिए । स्वास्थ्यमा समस्या बढ्दै गएपछि गत बिहीबार धनगढीको कोरोना अस्पताल ल्याइएका उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।
यसअघि उनले लामो उपचारपछि क्यान्सर जितेका थिए । मृतक न्यौपाने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख तथा पूर्व सांसद ईश्वरी न्यौपानेका श्रीमान् हुन् । न्यौपानेका २ छोरा, १ छोरी र आमा छन् । न्यौपानेको निधनप्रति नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले एक असल नेता गुमाएको बताए ।

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

महाकालीको माछा बेचेर जीविका चलाउँदै

प्रतिक्रिया