कांग्रेस प्रवक्तासहित चार केन्द्रीय सदस्यलाई कोभिड

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासहित चार केन्द्रीय सदस्यलाई कोभिड-१९ संक्रमण देखिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आज सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई संक्रमण देखिएको जनाएका छन् ।
उनीबाहेक केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, शंकर भण्डारी र राजजनम चौधरीलाई संक्रमण देखिएको हो । केन्द्रीय सदस्य श्रेष्ठलाई संक्रमण देखिएपछि १५ बैशाखमा बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित गरिएको थियो ।
केन्द्रीय सदस्य चौधरीले आइतबारमात्रै आफूले अक्सिजना नपाएको गुनासो गरेका थिए । चौधरी पूर्वस्वास्थ्यमन्त्री मन्त्री, श्रेष्ठ दोस्रो संविधानसभाका बेला पार्टीको प्रमुख सचेतक र भण्डारी पूर्ववनमन्त्री हुन् ।
यसअघि महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, अजय चौरासिया, रमेश रिजालसहितका नेताहरूलाई संक्रमण भएर निको भइसकेका छन् ।

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

भूमि विधेयक घरजग्गा व्यवसायीलाई महत्व दिनेगरी आयोः राजेन्द्र पाण्डे

प्रतिक्रिया