आयाक्स ३५औँ पटक डच च्याम्पियन

काठमाडौँ: आयाक्सले ३५औँ पटक डच लिग जितेको छ । आइतबार राति इमेनलाई ४–० ले पराजित गरेपछि आयाक्सले तीन खेल अगावै डच लिग जितेको हो । आयाक्स दुई सिजनअघि पनि च्याम्पियन बनेको थियो । गत सिजन भने कोभिड–१९ का कारण लिग बीचमै स्थगन गरिएको थियो ।
गएको १० सिजनमा आयाक्स पाँच पटक डच लिग विजेता बनेको छ । यस सिजन आयाक्सले घरेलु कप पनि उचाल्यो । दुई साता अगाडि भएको फाइनलमा आयाक्सले भिटेजलाई २–१ ले पराजित गरेको थियो ।
आयाक्सलाई दोस्रो पटक डच च्याम्पियन बनाएका एरिक टेन हागले आफ्नो टिम सबैभन्दा बलियो साबित भएको प्रतिक्रिया दिए । ‘केही खेलमा पराजित भए पनि समग्रमा हामो प्रदर्शन सन्तोषजनक रह्यो । व्यस्त तालिका भए पनि हामीले सही समयमा बलियो लय देखायौँ,’ हालै टोटनहमको प्रस्ताब अस्विकार गरेर आयाक्समै रहने निर्णय गरेका टेन हागले भने ।
उता आयाक्सका कप्तान डुसान टाडिचले आफू र आफ्नो टिम यतिमै नरोकिने बताए । सन् २०१८ मा साउथह्याम्पटनबाट आम्सटर्डम आएका टाडिचले आयाक्ससँग अझैँ थुप्रै उपाधि जित्न बाँकी रहेको बताए । ‘गत सिजन पनि हामी लिगको शीर्षस्थानमै थियौँ । तर बीचमै लिग स्थगित भयो । यसपटक लिग जित्न हामी सबै प्रतिबद्व थियौँ । यद्यपि खाली रंगशालामा ट्रफी उचाल्दा खिन्नता भने भयो,’ टाडिचले भने ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया