प्रधानमन्त्री र युएसएआईडीका प्रशासक सामान्था पावरबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अमेरिकन नियोग युएसएआईडीका प्रमुख प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको हो ।
यसअघि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गरेकी थिइन् ।
सामन्था पावर मंगलबार नै नेपाल आएकी हुन् । नेपाल आएलगत्तै पावरले उच्चस्तरीय भेटवार्ता गरिरहेकी छिन् ।
अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आएकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदको सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया