दार्चुलाको महाकाली नदीमा बगेका वृद्धको मृत्यु

दार्चुला- दार्चुलाको महाकाली नदीमा बगेका वृद्धको मृत्यु भएको छ । दार्चुला खलंगा बजारनजिक महाकाली नदीमा बगिरहेका ७० वर्षीय बिरसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाको महाकाली नगरपालिका-२ पनौडा घर भएका बडाललाई स्थानीयले महाकाली नदीमा बगिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीहरूले उद्धार गरी वृद्धलाई जिल्ला अस्पताल पुर्याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको छ ।
वृद्ध कसरी महाकालीमा बगे भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया