कांग्रेस पदाधिकारी बैठक भोलिसम्म स्थगित

काठमाडौँ : नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि भोलि दिउँसो दुई बजेसम्मका लागि पदाधिकारी बैठक स्थगित भएको हो ।
कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले पदाधिकारी बैठक भोलि दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । ‘आज बोलाइएको पदाधिकारी बैठक भोलि दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको छ,’ खाणले इकागजसँग भने ।
सभापति शेरबहादुर देउवाले समसामयिक राजनीति र पार्टी महाधिवेशनबारे छलफल गर्न भन्दै पदाधिकारी बैठक बोलाएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया