हिजो एमाले छोडेका पाण्डे कांग्रेस प्रवेश, राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बनाउने सहमति
सरकारले फेरि बहुमत गुमायो

बुटवल : लुम्बिनी प्रदेश सरकारको राजनीति थप तातिएको छ । हिजो मात्रै मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग गर्न नसक्ने बताउँदै एमाले परित्याग गरेर सांसद पदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डे कांग्रेस प्रवेश गरेपछि राजनीति थप पेचिलो बनेको हो । उनलाई नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले कांग्रेस प्रवेश गराएका हुन् ।
आइतबार मुख्यमन्त्रीको विपक्षमा उत्रिएका २ स्वतन्त्र सांसद एमालेमै फर्किएपछि बहुमत पाएको पोखरेल नेतृत्वको सरकारले पाण्डेको राजीनामा पछि फेरि बहुमत गुमाएको छ । उनले दिएको संसद सचिवालयले राजीनामा हिजो नै स्वीकृत भइसकेको छ ।
कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डेलाई अब राष्ट्रिय सभा उपनिर्वाचनमा उमेदवार बनाउने सहमति चार दलले गरेका छन् । एमाले प्रवेश गरेका अर्घाखाँचीका चन्द्रबहादुर खड्कालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको ठाउँ रिक्त छ । सोही ठाउँमा पाण्डेलाई चुनाव लडाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले सहमति पनि गरेका छन् ।

यो बाटो मात्र हिँड र यता नआउ भन्नु सरकारी निरंकुशतन्त्र होः लिङ्देन

आज राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने

राप्रपालाई गृह मन्त्रालयको चेतावनी- निषेधित घेरा तोडे कारबाही हुन्छ

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : प्रचण्ड

ओली, देउवा र प्रचण्डको एउटै मत- गणतन्त्र पक्षधर एकै ठाउँमा उभिऔं

नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : मन्त्री सिंह

गृहमन्त्री लेखक भन्छन्- सत्तासाझेदारीमा कुनै समस्या छैन

प्रतिक्रिया