हरेक दिन दुई घन्टा लाग्थ्यो अनमोललाई जिउमा टाटु बनाउन

काठमाडौँ - ‘छड्के २’को टिजर सार्वजनिक भएसँगै फेरि एक पटक अनमोल केसीको लुक्सको चर्चा सुरु भएको छ । ‘छड्के २’ टिजरमा अनमोल शरीरभरि टाटु खोपेको ग्याङस्टर लुक्समा छन् । फिल्ममा उनको लुकलाई लिएर ट्रोल पनि बन्ने क्रम जारी छ । तर टिजरले पाएको भ्युजले यि सबै कुराले फाइदा नै भएको देखाउँछ । भएन अनमोलले बिहीबार मात्र टिजरलाई गरिएका टिप्पणीको लहरो नै सार्वजनिक गरेका छन् ।
चर्चामा रहेको अनमोलको लुक्स तयार गर्न उनको मेकअप टिमले हरेक दिन दुई घन्टा खर्चने गरेको अनमोलले बताएका छन् । सेटमा अरु मानिस नउठ्दै मेकअपमेन र आफू तयार हुने र सुटिङ हुने समयमा तयार भइसक्ने दैनिकी रहेको अनमोलले बताएका छन् ।‘लुक्सका लागि टाटु बनाउने सुरुमा त ठीकै लागेको थियो तर सेटमा हरेक दिन बनाउन भने झन्झट नै हुँदो रहेछ,’ अनमोलले भने, ‘ फिल्ममा देखिने टाटु बनाउन हामीलाई दुई घन्टा लाग्थ्यो ।’गैरकानुनी कार्यमा संलग्न दुई समूहको उतारचढावको कथा प्रस्तुत गर्ने फिल्ममा अनमोलले एउटा ग्याङको नेतृत्व गरेका छन् । उनले फिल्मको पटकथा राम्रो लागेको यो फिल्म चयन गरेको पनि जानकारी गराएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया