लुम्बिनीमा थप दुई मन्त्रीको शपथ

बुटवल : लुम्बिनी प्रदेश सदस्यबाट पदमुक्त भएका जनता समाजवादी पार्टी थप दुई मन्त्रीको सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्रीका रूपमा शपथ ग्रहण गरेकी छन् भने सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा सपथ ग्रहण गरिन् । मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेलले शपथ गराए ।
वैशाख ६ गते विस्तार गरिएको मन्त्रिमण्डलमा उनीहरू दुवैजना मन्त्री भएका थिए । आइतबार शपथ गरेका दुईसहित जसपाका ४ वटै मन्त्री प्रदेशसभाबाट निलम्बित भएका छन् । संसदीय दलको विधि र नियम विपरीत गएको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले पार्टी सदस्य नरहेको र प्रदेशसभाबाट निष्कासित गरेको पत्र पठाएपछि प्रदेश सभाले उनीहरू सदस्य नरहेको सूचना जारी गरेको थियो । मुख्यमन्त्री शंकर पोखरेलको ७ सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित एमालेका ३ जना छन् । जसपामा राज्यमन्त्रीसहित ४ जना पुगेका छन् ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया