श्रोत नखुलेको एघार लाख पचास हजार रुपैयाँसहित दुई पक्राउ

काठमाडौँ : सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका-१६ दरैयास्थित सीमा इलाकाबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्रले आइतबार सीमा इलाकाबाट उनीहरूलाई स्रोत खुलाउन नसकेको सो रकमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर महानरपालिका-१६ दरैया बस्ने २३ वर्षीय अमोद यादव र भारतमा घर बताउने १८ वर्षीय अभिषेक चौधरी छन् ।
सशस्त्र प्रहरीले उनीहरू भारतबाट नेपालतिर लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गरेको थियो । उनीहरूको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।
प्रहरीले यादवको साथमा ५ लाख रुपैयाँ र चौधरीको साथमा ६ लाख ५० हजार रुपैयाँ फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालयलाई बुझाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया