विद्युत् प्राधिकरणले गर्यो पीपीए खुला
‘हाइड्रोको कोर्स करेक्सन’

काठमाडौं- अबदेखि १५ सय मेगावाटसम्मको नदी प्रवाही जलविद्युत् (आरओआर) को विद्युत् खरिद सम्झौता खुला गर्ने निर्णय गरेर उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले पहिलोपटक ‘हाइड्रो कोर्स करेक्सन’ गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले १५ सय मेगावाटसम्मका जलविद्युत् आयोजनाका पीपीए गर्ने निर्णय गरेको प्राधिकरणको सञ्चालक समितिका एक सदस्यले बिहीबार राति इकागजलाई जानकारी दिए ।
उनका अनुसार उक्त निर्णयमा सबै सञ्चालकहरूको हस्ताक्षर (माइन्यूटिङ) हुन बाँकी छ ।
उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनले माओवादीले चार वर्षदेखि रोक लगाएको आन्तरिक लगानीलाई खुलाएका हुन् । सन् २०२६ देखि मुलुक ‘हाइड्रो जेनेरेशन होलिडे’ (जलविद्युतका नयाँ आयोजना उत्पादन ठप्प) मा जाँदैछ । ११ हजार मेगावाटभन्दा बढीका आयोजनाको पीपीएका लागि प्राधिकरणमा निवेदन परेको छ ।
वर्षायाममा उत्पादित जलविद्युत् सबै खपत हुन नसकी खेर जाने भन्दै यसअघिका सरकारले पीपीए रोक्दै आएको थियो । तर, हाल हिउँदयाममा जलविद्युत् उत्पादन क्षमता एक तिहाइमा सीमित भएका कारण भारतबाट आयात गरेर गर्जाे टार्ने गरिएको छ ।
नदी प्रवाहीका १५ सय मेगावाटले हिउँदयाममा मुश्किलले एक तिहाइ अर्थात् ५ सय मेगावाट मात्र उत्पादन गर्छ । पीपीए खुला गरिएको १५ सय मेगावाटमा सतप्रतिशत निर्माणमा जान्छन् भन्ने पनि ग्यारेन्टी भने छैन ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया