प्रदेश-२ का अस्पतालमा ४१७ दरबन्दी थप्ने निर्णय

जनकपुरधाम : प्रदेश २ सरकारले कोभिड-१९ महामारीसँग लड्न प्रदेशभरका विभिन्न अस्पताल तथा प्रयोगशालामा चार सय १७ अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ३३ , प्रादेशिक अस्पतालमा १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालमा ३२/३२ लहान अस्पतालमा २३, र भारदह तथा पोखरिया अस्पतालमा १५/१५ दरबन्दी थप गर्ने निर्णय गरेको हो ।
कोभिड विशेषको लागी थप गरिएका दरबन्दीहरूमा एनेस्थेसियोलोजिष्ट देखि लिएर स्वीपरसम्मका पद छन् । थप गरिएका दरबन्दीहरूमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी मन्त्रिपरिषद्ले जनकपुरको मणिपालमा निर्माण गर्न लागेको बिशेष कोभिड अस्पतालको लागि थप २२७ दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सरकारले मणिपालमा २० बेड आइसीयूसहित १०० बेड्को बिशेष कोभिड अस्पताल निर्माण गर्न लागेको हो ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले कोभिड महामारीसँग जुध्न प्रदेश सरकारका मन्त्रीहरूलाई जिल्ला-जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्री तोकेको छ ।
सप्तरीमा भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सिरहामाआर्थिक मामिला तथा योजना विजयकुमार यादव, धनुषा र महोत्तरीमाआन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहटमा उद्योग पर्यटन तथा वनमन्त्री रामनरेश राय र बारा तथा पर्सामा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिइएको हो ।
जिम्मेवारी तोकिएका मन्त्रीहरू सम्बन्धि जिल्ला र प्रदेश सरकारबीच कोभिड महामारी नियन्त्रणका लागि पूलको रूपमा काम गर्ने छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया